२०८२ माघ ८ गते बिहिवार
बागलुङ । जिल्लाका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गङ्गा बहादुर थापाले जानकारी दिए।
जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अङ्गमा जलेको थापाले बताए।
जिसीको धौलागिरि अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न थालिएको सूचना अधिकारी थापाको भनाइ छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij