२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै पशुपतिनाथले पनि भलो नगर्ने टिप्पणी गरेका छन् ।
‘पशुपतिनाथले राम्रो, असल मान्छेको मात्रै भलो गर्छ,’ बु्धबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘पशुपतिनाथले पापीलाई भलो गर्दैनन् चेतना भया । लोकतन्त्रको हत्या गर्ने, संविधानको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् ।’
ओलीले पहिले मदन भण्डारीको नाम लिने गरेको भन्दै अहिले त्यसलाई विर्सेर पशुपतिनाथको नाम जप्न थालेको अरोप पनि नेपालले लगाए। ‘जनताको अपार उपस्थिति केपी ओलीले बुझ्न सकेका छैनन्,’ उनले भने, ‘केपी ओलीजी मदन भण्डारीको नाम विर्सेर पुशपतिनाथको नाम जप्न थाल्नुभएको छ ।’
जिल्ला-जिल्लामा घटिरहेको बलात्कारप्रति सरकारको असंवेदनशिलता देखेर आफूहरुलाई लाज लागेको भन्दै उनले भने, ‘आम जनताले भनिरहेका छन् केपी अोलीलाई धिक्कार छ । पशुपतिनाथले पनि त्यही भन्लान केपी अोली धिक्कार छ ।’
उनले बहुमत आफूहरूको पक्षमा रहेको भन्दै निर्वाचन आयोगले अन्यथा गर्न नमिल्ने बताए। ‘केपी ओली बहुमतको शासन मान्न तयार छन् भने निर्वाचन आयोगले पठाएको पत्रमा ४४१ लाई भनेको अधारमा जाने हो, ’ नेपालको भनाइ छ, ‘मार्चपास गरौं, केपी ओलीको पक्षमा सय जना उभिन्छन् । हाम्रो पक्षमा तीन सय उभिन्छन् । बहुमत हाम्रो भएकाले निर्वाचन आयोगले अन्यथा गर्न मिल्दैन ।’
उनले प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याइरहेको समेत आरोप लगाए। ‘केपी ओलीले आयोगलाई धम्क्याइरहेका छन्,’ उनको भनाइ छ, ‘केपी ओली कसरी पहिलो अध्यक्ष रु उनी बालकोटका होलान् । कुनै विधान, सर्कुलरमा पहिलो अध्यक्ष लेखिएको छैन । सर्कुलर, दस्तावेज, निर्णय, विधान हेरेर हुन्छ, त्यसमा पनि शंका छ भने ४४१ बोलाएर टाउको गन्दा पनि हुन्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij