Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन, क–कसले दिए आवेदन (नामसहित)

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन, क–कसले दिए आवेदन (नामसहित)


  • 2.4K
    Shares

    कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन, क–कसले दिए आवेदन (नामसहित)

    सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबारसम्म २२ जनाको आवेदन परेको छ । बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि खाली रहेको उक्त पदमा २२ जनाको आवेदन परेको हो । उपाध्यायको कार्यकाल गत पुस १० गते देखि सकिएको थियो ।

    कृषि विकास बैंकमा ५१ प्रतिशत सरकार र बाँकी ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने म्याद तोकेको थियो । सोही सूचनाका आधारमा आइतबार साँझसम्म २२ जनाको आवेदन परेको हो ।

    सीईओका लागि कृषि विकास बैंकका कार्यरत २ जना कर्मचारीसहित कुल २२ जनाको आवेदन परेको हो । यसरी आवेदन दिनेहरुमा प्रताब सुवेदी, यज्ञ प्रकाश न्यौपाने, गोविन्द गुरुङ, पूर्णप्रसाद आचार्य, कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलकराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुणकुमार ढुंगाना, प्रमोदबाबु तिवारी र रामदेव यादव रहेको बैंक स्रोतले जनाएको छ ।

    परेका आवेदनबाट शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनको आधारमा पहिलो चरणमा उत्कृष्ट ५ जनालाई छनोट गर्ने, दोस्रो चरणमा तीन जना छनोट गरी अन्तरवार्ताका लागि बोलाइने बैंकले जनाएको छ । कृषि विकास बैंक सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालको संयोजकत्वमा सीइओ छनोट समिति गठन भएको छ । समितिको सदस्यमा बैंकका अर्का सञ्चालक सन्जीव पौडेल र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझा छन् । पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट समितिले तीन जना छनोट गर्ने छ । यसरी छनोट भएका तीन जनामध्येबाट एक जनालाई बैंक सञ्चालक समितिले छनोट गर्नेछ ।

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - १६:४२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij