२०८२ भाद्र ३ गते मंगलवार
सहिद दिवसको दिन बैतडीको दशरथचन्द नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
नगरप्रमुख स्तरीय निर्णयबाट सहिद दिवसको अवसरमा आज नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, गैर सरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।
सहिद दशरथ चन्दको जन्मभूमि बैतडीमा विविध कार्यक्रमका साथ आज सहिद दिवस मनाइँदै छ। सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले दिवसका अवसरमा प्रभात फेरी कार्यक्रमका साथै सहिद चन्दको जन्म घर बस्कोटमा कार्यक्रम गरेर दिवस मनाइने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij