Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रधानमन्त्री ओलीको कान्छो छोराले बलात्कारी संरक्षण गरेको लाग्यो यस्तो आरोप 

प्रधानमन्त्री ओलीको कान्छो छोराले बलात्कारी संरक्षण गरेको लाग्यो यस्तो आरोप 


  • 8.3K
    Shares

    प्रधानमन्त्री ओलीको कान्छो छोराले बलात्कारी संरक्षण गरेको लाग्यो यस्तो आरोप 

    काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतृ अञ्जना बिसंखेले बालिका बलात्कार र महिला हत्याको संरक्षण गर्ने गृहमन्त्री रामबहादुर थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्छो छोरो बनाएर राखेको बताएकी छन्।

    प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको पै्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ बिसंखेले दलित हत्या, बालिका बलात्कार र महिला हत्यामा गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रशासनलाई मुकदर्शक बनाएको आरोप लगाइन्।

    ‘‘निर्मला पन्त, सम्झना विक, भागरथीको हत्या र बलात्कार, ३ हजार ३४७ महिलाको हत्या र १७ जनाको बलात्कारको जिम्मेबारी बोकेका, बलात्कारमा ताबेदारी गर्ने गृहमन्त्रीलाई तपाईं (केपी ओली)ले कान्छो छोरो बनाएर राख्नु भएको छ’, उनले भनिन्, ‘बा बन्नु भएको छ, के त्यो गृहमन्त्रीलाई संरक्षण गर्ने प्रचण्ड हो ?’

    उनले रुकुममा ६ जना दलित युवाको सामूहिक नरसंहार हुँदा पनि गृहमन्त्रीले प्रहरी प्रशासनलाई मुकदर्शक बनाएको आरोप लगाइन्।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १४:३७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij