Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बालेनविरुद्ध सुमन सायमी, आज माइतीघर मण्डलामा प्रदर्शन गरिने

बालेनविरुद्ध सुमन सायमी, आज माइतीघर मण्डलामा प्रदर्शन गरिने


  • 2.7K
    Shares

    बालेनविरुद्ध सुमन सायमी, आज माइतीघर मण्डलामा प्रदर्शन गरिने

    काठमाडौं । निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कदमविरुद्ध आज दिउँसो २ बजे विरोध प्रदर्शन गरिने भएको छ । 

    उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो । समितिका संयोजक सुमन सायमीकाअनुसार बालेनलाई सचेत बनाउन दबाबस्वरुप प्रदर्शन गर्न लागिएको हो ।

    सडक विस्तारका नाममा जथाभावी निजी जग्गामा डोजर चलाउनु, गहन अध्ययन अनुसन्धान नहुँदा सहरी सुव्यवस्था खलल हुनेलगायत विषयलाई लिएर विरोध गर्न लागिएको उनले बताए । 

    मेयर बालेनले निजी जग्गामा डोजर चलाउँदा स्थानीय मारमा परेको समितिको भनाइ छ । महानगरले यसअघि वडा नम्बर ३१ शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिना सूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाएको थियो । 

    सम्पतिको हक हनन गरेको भन्दै स्थानीयले आपत्ति जनाउँदै आएका छन् । संयोजक सायमी बालेनका चुनावी प्रतिस्प्रर्धी हुन् । सायमीले चुनाव हारेपछि बालेनको विजय र्‍यालीमा सहभागी भएका थिए । महानगरको काममा सघाउ पुर्‍याउने भन्दै बालेनसँग सायमीले सम्झौता गरेका थिए । तर बालेनले गतल काम गरेकाले आफू संघर्षमा उत्रनु परेको उनको भनाइ छ ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - ११:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij