Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपालमा ६ महिनामा १७ सय ४१ वटा विद्युतीय कार भित्रिए

नेपालमा ६ महिनामा १७ सय ४१ वटा विद्युतीय कार भित्रिए


  • 2.1K
    Shares

    • images
    नेपालमा ६ महिनामा १७ सय ४१ वटा विद्युतीय कार भित्रिए
    images

    काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालमा साढे १७ सय वटा विद्युतीय सवारीको आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा १७ सय ४१ वटा विद्युतीय कार आयात भएको हो ।

    यस अवधिमा १०० किलोवाटसम्मको इञ्जिन भएको विद्युतीय कार सबैभन्दा धेरै भित्रिएका छन् । पुससम्ममा १७ सय वटा १०० किलोवाट क्षमताका विद्युतीय कार भित्रिएका छन् । यस्तै, २०० किलोवाटसम्मका ३५ वटा विद्युतीय कार आयात हुँदा ३०० किलोवाटसम्मका ५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

    विभागका अनुसार १०० किलोवाटसम्मका विद्युतीय कार आयात गर्दा ४ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, २०० किलोवाटसम्मका विद्युतीय कार आयात गर्दा १५ करोड ६१ लाख रुपैयाँ र ३०० किलोवाटसम्मका विद्युतीय सवारी आयात गर्दा ३ करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ ।

    गत महिनासम्म नेपालमा १०० किलोवाट क्षमताका १३ सय २० वटा विद्युतीय कार आयात भएका थिए । र, यिनीहरूको आयात मूल्य कूल ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ रहेको थियो । यस्तै, गत महिनासम्म २०० किलोवाट क्षमताका १३ करोड ५८ लाख रुपैयाँ बराबरका ३० वटा कार भित्रिएका थिए । यसैगरी, १ करोड ८६ लाख रुपैयाँ बराबरका ३०० किलोवाटसम्मका ३ वटा विद्युतीय कार भित्रिएका थिए ।

    नेपालले विश्वका ५ वटा मुलुकबाट विद्युतीय कार आयात गर्दै आइरहेको छ । चीन, भारत, इन्डोनेसिया, कोरिया र अमेरिकाबाट विद्युतीय कार भित्रिएको तथ्याङ्क विभागसँग छ । र, सबैभन्दा धेरै चीन र भारतबाटै विद्युतीय कार भित्रिएका छन् । यस अवधिमा भारतबाट सबैभन्दा धेरै ३ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको विद्युतीय कार भित्रिएका छन् ।

    खास गरी, भारतमा टाटाले उत्पादन गर्ने विद्युतीय कार नेक्सनले बजार लिइरहँदा नेपालमा समेत यो मोडलले राम्रो बजार लिइरहेको छ । यहीकारण, नेपालमा भारतबाट टाटाको नेक्सन कार भित्रिँदा सबैभन्दा धेरै विद्युतीय कार भारतबाटै आयात भएको देखिएको हो । यतिबेला बजारमा टाटाको नेक्सनले आफ्नो छुट्टै पहिचान बनाइरहेको छ । भारतमा समेत यो मोडलको कार सबैभन्दा धेरै बिक्री भइरहेको कार हो ।

    भारतपछि चीनबाट ६० करोड रुपैयाँ बराबरको विद्युतीय कार भित्रिएको छ । यस्तै, कोरियाबाट ८५ करोड रुपैयाँको विद्युतीय कार भित्रिएको छ भने अमेरिकाबाट २ करोड रुपैयाँ बराबरका कार भित्रिएका छन् । यसैगरी, इन्डोनेसियाबाट ६४ लाख रुपैयाँ बराबरको कार भित्रिएको तथ्याङ्क छ ।

    प्रकाशित मिति :माघ १४ २०७९ शनिवार - १९:२५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij