Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ओलीको जनसभामा भन्दा प्रचण्ड-माधबको सभामा ओइरिए दोब्बर जनता, यी ठाउँ बाट निस्कियो जुलुस 

ओलीको जनसभामा भन्दा प्रचण्ड-माधबको सभामा ओइरिए दोब्बर जनता, यी ठाउँ बाट निस्कियो जुलुस 


  • 10.4K
    Shares

    ओलीको जनसभामा भन्दा प्रचण्ड-माधबको सभामा ओइरिए दोब्बर जनता, यी ठाउँ बाट निस्कियो जुलुस 

    काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

    प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध बुधबार दिउँसो नेकपाले काठमाडौँको भृकुटीमण्डपमा बृहत आमसभा गर्न लागेको हो । आमसभाअघि अहिले राजधानीका पुल्चोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिएको छ ।

    सहायक जुलुस सुन्धरा पुगेपछि मुख्य जुलुस सुरु हुने र उक्त जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ। सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन् ।

    त्यसैगरी रामचन्द्र झा, सन्तकुमार चौधरी, रामकुमारी झाक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखेले पनि सभामा सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नेकपाले बुधबार दुई लाख मान्छे उतार्ने दावी गर्दै आएका छ ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १२:४२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij