Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

क्षितिज मगर कृत दोस्रो कथा सङ्ग्रह 'भेडीकम्बलको प्वाल'को लोकार्पण

क्षितिज मगर कृत दोस्रो कथा सङ्ग्रह 'भेडीकम्बलको प्वाल'को लोकार्पण


  • 2.6K
    Shares

    • images
    क्षितिज मगर कृत दोस्रो कथा सङ्ग्रह 'भेडीकम्बलको प्वाल'को  लोकार्पण
    images

    क्षितिज मगर कृत दोस्रो कथा सङ्ग्रह 'भेडीकम्बलको प्वाल'को राजधानीमा एक विशेष कार्यक्रमबीच लोकार्पण गरियो । कार्यक्रममा प्रमुख अतिथि शिवराज सुवेदीले कथाका कतिपय मार्मिक हरफहरू उद्धृत गर्दै क्षितिज मगर वास्तवमा एक सशक्त प्रगतिशील सर्जक भएको जिकिर गरे । समालोचकले एकपटक यसो अक्षर सल्यासुलु पढेझैँ गरेर समालोचना गर्ने गरेकोमा आपत्ति प्रकट गरे । पाठक मात्रै भए त कसरी लेलान् तर साँच्चि नै साहित्यकार भए यो एउटा बेजोड सिर्जना पाउने उनको अभिमत थियो । त्यसरी नै चर्चित लेखक एवं समालोचक प्रमोद प्रधानले एकजना मान्छे लेखक बन्न त सजिलै पनि होला किन्तु सर्जक बन्न सहज नहुने दाबी गरे ।

    325624282_1484354778719206_9188634579446432326_n.jpg

    बग्रेल्ती धावकमध्ये एकजना मात्र वैकुण्ठ मानन्धर बन्न सक्ने, थुप्रै लेखकमध्ये एकाध मात्र लक्ष्मीप्रसाद देवकोटा निस्कने भन्ने अनेकन् दृष्टान्त दिँदै उनी सिर्जनाका वैकुण्ठ मानन्धर बन्ने बाटोमा लागेको उनको कथन थियो । त्यसैगरी चर्चित स्तम्भकार तथा लेखक नवीन विभासले मगरको व्यक्तित्व, जनयुद्धको सौर्य र सादा जीवनशैली साथै कृतित्वको समेत बखान गरे । अर्का वक्ता गीतकार एवं कवि भावेश भुमरीले मगरका जीवनका दर्दनाक परिघटना र यिनका बीच पनि धारिलो लेखनको मुक्तकण्ठले प्रशंसा गरे ।

    विवेक सिर्जनशील प्रकाशनका विजयराज आचार्य अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्रष्टा क्षितिज मगरले जनयुद्धले थेग्न नसक्ने गरी महिमा मण्डन गर्ने वा बिद्रुपीकरण गर्ने दुवै खाले शक्ति समाज रूपान्तरणको अभियानमा गलत सावित भएको मत व्यक्त गरे । विवेक सिर्जनशील प्रकाशन प्रा•लि•ले बजारमा ल्याएको पुस्तकको मूल्य ४५०/- रूपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - ०८:५९:०१ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij