Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

पूर्वन्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त

पूर्वन्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त


  • 10.6K
    Shares

    पूर्वन्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त
    images

    काठमाडौँ । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ । 

    प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले स्व न्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

    सर्वोच्च अदालतका पूर्वन्यायाधीश पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । पाल्पाको तानसेन, धरमपानीमा १९९० साल फागुन ९ गते जन्मनुभएका पाण्डेले २०५१ साल माघ १० गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभएको र २०५२ साल चैत ७ गते स्थायी पदमा नियुक्त हुनुभएको थियो । उहाँको २०५५ साल फागुन ८ गते उमेरहदका कारण अवकाश भई सेवा निवृत्त हुनुभएको थियो ।

    अन्तर्राष्ट्रिय देवानी  र फौजदारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने एक निर्भिक, अत्यन्त मिलनसार, मृदुभाषी र न्यायको ज्ञाता हुनुहन्थ्यो । रासस

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १६:४३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij