Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

चीनमा कोरोना संक्रमणबाट एक हप्तामा १३ हजारको मृत्यु

चीनमा कोरोना संक्रमणबाट एक हप्तामा १३ हजारको मृत्यु


  • 2.2K
    Shares

    चीनमा कोरोना संक्रमणबाट एक हप्तामा १३ हजारको मृत्यु

    एजेन्सी / कोरोना भाइरसको उद‍गमस्थल चीनमा फेरि संक्रमण दर बढेको छ। पछिल्लो १ हप्तामा मात्रै  कोरोनाबाट १३ हजार जनाको मृत्यु भएको छ। जनवरी १३-१९ को अवधिमा १३ हजार जनाले कोरोनाबाट ज्यान गुमाएका हुन्।

    चीनमा हालसम्म ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण फैलिसकेको बताइएको छ। गत जनवरीसम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको सीडीसीले जनाएको छ।

    सीडीसीका अनुसार चीनले डिसेम्बरको पहिलो हप्ता कोभिड नीति अन्त्य गरेपछि संक्रमण दर बढ्‍दै गएको हो। लामो समयसम्म चर्को विरोध भएपछि चीनले लागू गरेको शून्य कोभिड नीति फिर्ता लिएको थियो।

    कोभिड पोजिटिभ व्यक्तिहरुलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पारिएपछि चौतर्फी विरोध भएको थियो । 

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - १३:२७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij