Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

१० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

१० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल


  • 2.4K
    Shares

    १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल
    images
    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।
     
    केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० बैशाख १२ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ । 

    ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
     
    भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

    सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
    fdfdfd.jpg

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - ११:२१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij