Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

ओलीका मन्त्रीको खुलासा : मदन भण्डारीको हत्यामा माधवको हात, माओवादीले गर्यो लामाको हत्या

ओलीका मन्त्रीको खुलासा : मदन भण्डारीको हत्यामा माधवको हात, माओवादीले गर्यो लामाको हत्या


  • 15.0K
    Shares

    ओलीका मन्त्रीको खुलासा : मदन भण्डारीको हत्यामा माधवको हात, माओवादीले गर्यो लामाको हत्या
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मदन भण्डारीको हत्यामा माधवकुमार नेपालको हात रहेको हुन सक्‍ने संकेत गरेका छन् । धनगढीमा भएको प्रेस संगठन नेपालको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन् । 

    उनले भण्डारीको हत्यामा प्रधानमन्त्री ओलीको षड्‍यन्त्र भन्दै हल्ला फिजाइएको भए पनि नेपालको षड्यन्त्र हुनसक्नेतर्फ संकेत गरे । ‘मदन भण्डारीको हत्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्‍यन्त्र छ भन्दै हल्ला फिजाइएको छ,’ मन्त्री भट्टले भने, ‘तर बुझ्दै जाँदा त्यतिखेर नेकपा एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै रहेछन् । यथार्थ कुरा बाहिर आएको छैन् ।’ 

    मन्त्री भट्टले मदन भण्डारीको मृत्युपछि जीवितै रहेका चालक अमर लामाको हत्या माओवादीले गरेको दाबी गरे । ‘अमर लामालाई माओवादीकै कमरेडहरूले समाते,’ मन्त्री भट्टले अगाडि भने, ‘मर्‍यो भने पनि उनलाई मारिएको हो । दरबार हत्याकाण्ड जस्तै यो कुरा पनि अहिलेसम्म बाहिर आएको छैन् ।’ 

    २०५० साल जेठ २ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप दासढुंगामा दुर्घटनामा परेको थियो । दुर्घटनामा जीवित रहेका चालक लामाको २०६० सालमा हत्या गरिएको थियो ।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १६:१५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij