Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

मुक्तिनाथ विकास बैङ्कको नाफा ३.९६ प्रतिशत बढ्यो, यस्तो देखियो वित्तीय विवरण

मुक्तिनाथ विकास बैङ्कको नाफा ३.९६ प्रतिशत बढ्यो, यस्तो देखियो वित्तीय विवरण


  • 2.0K
    Shares

    मुक्तिनाथ विकास बैङ्कको नाफा ३.९६ प्रतिशत बढ्यो, यस्तो देखियो वित्तीय विवरण
    images

    मुक्तिनाथ विकास बैङ्कको नाफा ३.९६ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले नाफा वृद्धि भएको हो ।

    वित्तीय विवरणअनुसार बैंकले चालू आवको दोस्रो त्रैमाससम्म  ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँभन्दा बढी नाफा कमाएको छ । बैंकले गत आवको दोस्रो त्रैमाससम्म ६० करोड २४ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी दुई अर्ब चार करोड ४४ लाख ३४ हजार रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिमा बैङ्कको यस्तो रकम एक अर्ब ५३ करोड २९ लाख ३७ हजार रुपैयाँ मात्रै थियो । यो रकम चालू आवको तुलनामा ३३.३७ प्रतिशत बढी हो । 

    त्यस्तै, सञ्चालन नाफा ३.९६ प्रतिशत वृद्धि भएको छ अघिल्लो आवको पुस मसान्तमा ८६ करोड ५ लाख ८० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको मुक्तिनाथले समीक्षा अवधिमा ८९ करोड ४६ लाख १९ हजार रुपैयाँ यस्तो नाफा कमाएको हो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी बृद्धि हुँदा बैङ्कले नाफा आर्जन गर्न सफल भएको हो । 

    त्यस्तै पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाखभन्दा बढी रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म बैंकको जगेडा कोषमा २ अर्ब १९ करोड र एवं रिटेन्ड अर्निङमा ६ करोड ३ लाख सञ्चित देखिएको छ । 

    पुस मसान्तसम्म एक खर्ब ९ अर्ब निक्षेप सङ्कलन गरेर ९२ अर्ब १९ करोड कर्जा प्रवाह गरेको मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी ६ अर्ब ४२ करोड रुपैयाँ नाघेको छ । 
    बैंकले १३.५० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी वृद्धि भएको हो । 

    कम्पनीको प्रतिशेयर आम्दानी १९.५१, मूल्य आम्दानी अनुपात २१.५३ गुणा, तरलता अनुपात २२.५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा छ । 

     

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १४:१३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij