Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कर्भ डिस्प्लेयुक्त प्रिमियम मिड रेन्ज फोन रियलमी १० प्रो प्लस ५जी नेपालमा

कर्भ डिस्प्लेयुक्त प्रिमियम मिड रेन्ज फोन रियलमी १० प्रो प्लस ५जी नेपालमा


  • 2.6K
    Shares

    • images
    कर्भ डिस्प्लेयुक्त प्रिमियम मिड रेन्ज फोन रियलमी १० प्रो प्लस ५जी नेपालमा
    images

    विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ। रु. ३०,००० भन्दा बढी मुल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो प्लस ५जी नेपाली बजारमा भित्रिएको छ।

    यसको फ्ल्यागशिप लेभलको कर्भ्ड डिस्प्ले अत्यन्तै रुचाइएको छ, जसलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ। यो नयाँँ डिजाइनबाट प्रष्ट हुन्छ कि रियलमीले आफ्नो युजर एक्स्पिरियन्स सुधार्न राम्रो प्रयास गरेको छ।

    न्युरोडको ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी १० प्रो प्लस ५जीको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको शुरुवात भएको कम्पनीले जानकारी दिएको छ।

    उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने “रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो+ फाइभ जीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो+ फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ । एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँँ–नयाँँ प्रविधियुक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो+ फाइभ जीलाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रो+ फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।”

    डिजाइन र डिस्प्ले
    क्लिन, मिनिमलिस्टिक, हलुका र आकर्षक – झट्ट हेर्दा रियलमी १० प्रो प्लस ५जी हेर्दा यस्तो देखिन्छ । यसको जेन्टल कर्भले राम्रो ग्रिप त दिन्छ नै, हेर्दा पनि हाइ एन्ड फोन जस्तो देखिन्छ । यो भन्दा अगाडि फ्ल्याग शिप लेभलमा मात्र आउने यस्तो कर्भ डिजाइनले टेक्नोलोजीमा सर्वसाधारणको सहज पहुँच बनाउने रियलमीको प्रयासलाई सावित गरेको छ । १० प्रो+ ५ जी रियलमीको पहिलो फोन हो जुनमा ६१ड्ढ आइ फ्रेन्ड्ली ओएलइडि डिस्प्ले राखिएको छ । १२० हर्जको अपग्रेडेड रिफ्रेश रेट भएको रियलमी १० प्रो+ ५ जीको डिस्प्ले भने ६.७ इन्च वाइड रहेको छ ।

    रियलमी १० प्रो+ ५ जिमा २१६० हर्जको हाइ फ्रिक्वेन्सी पिडब्लुएम डिमिङ टेक्नोलोजी युक्त ओएलइडि डिस्प्ले रहेको छ जुन टियुभि रेन्ल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट प्राप्त गर्ने विश्वकै पहिलो ओएलइडि स्क्रिन हो । यसको मतलब हो रियलमी १० प्रो+को स्क्रिनले ब्लु लाइट फिल्टर आउट गर्छ जसले गर्दा प्रयोगकर्ताहरुको आँखामा पर्ने नकरात्मक असर कम हुन्छ । यस्तो सुविधा पनि यो भन्दा अगाडि फ्ल्यागशिप लेभलको फोनहरुमा मात्र उपलब्ध थियो ।

    ८०० निटको ब्राइट्नेस भएकोले गर्दा दिउँसोको उज्यालोमा पनि मजाले स्क्रिन देख्न सकिन्छ । १ बिलियन भन्दा धेरै कलरहरु सपोर्ट गर्ने एचडिआर १०+ सर्टिफाईड कलर गेमुट भएकोले यसमा एचडिआर कन्टेन्टहरु पनि मजाले हेर्न सकिन्छ । त्यस्तै फोनको टिकाउपन अझै बढाउन यसमा विशेष तरिकाले डिजाइन गरिएको ०.६५ मिमीको डबल रिइन्फोसर््ड सेकेन्डरी टेम्पर्ड हाइ स्ट्रेङ्थ ग्लासको प्रयोग गरिएको छ जुन ड्रप रेसिस्टान्ट र एन्टी स्क्र्याच पनि छ । यसको साइडमा भएको फिङर प्रिन्ट स्क्यानर पनि फास्ट र अक्युरेट छ।

    डिजाइनको कुरा गर्दा रियलमी १० प्रो+ ५ जी पहिलाको मोडल हरु भन्दा धेरै फरक छ । र त्यस्को मुख्य कारण हो यसको कर्भ्ड डिस्प्ले जुन यो भन्दा अगाडि फ्ल्यगशिप लेभलको फोनहरुमा मात्र हुन्थ्यो । यसको पछाडिपट्टीको प्यानलले लाइट रिफ्र्याक्सन गरेर आकर्षक थ्री डाइमेन्सनल इफेक्ट दिन्छ । ७.७८ मिमीको स्लिम प्रोफाइल भएको रियलमी १० प्रो+ ५ जीको वजन भने १७३ ग्राम रहेको छ।

    क्यामरा
    अत्यन्तै आकर्षक तरिकाले पछाडिपट्टि राखिएका तीनवटा क्यामराहरुले रियलमी १० प्रो+ ५ जीलाई शानदार लुक दिएका छन । यी तीनवटा क्यामरा मध्य मेन सेन्सरमा ५० एमपि बाट १०८ एमपिको अपग्रेड दिइएको छ भने ८ एमपीको अल्ट्रा वाइड र २ एमपिको म्याक्रो लेन्स पहिलाको जस्तै रहेका छन्।

    रियलमी १० प्रो + को मेन क्यामरामा ९ इन १ फ्युजन टेक्नोलोजी राखिएको छ । त्यस्तै अघिल्ला भर्सनहरुहरुको तुलनामा यसको क्यामरामा रातिको समयमा १२३% बढी लाइट पेनेट्रेसन हुन सक्छ । सेल्फीको लागि यसमा १६ एमपिको क्यामरा राखिएको छ।

    पर्फर्मेन्स
    रियलमी १० प्रो+ ५ जीमा मेडिया टेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको छ । जसले मल्टी टास्किङलाई सजिलो र एप स्विचिङलाई छरितो बनाउँछ । त्यस्तै यसको क्लिन र प्रिसाइज हाप्टिक फिडब्याकले पनि प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स दिन्छ ।

    यसमा राखिएको ४डी गेम भाईब्रेसन मोटरले गेमिङ एक्स्पिरियन्स पनि उत्तिकै राम्रो प्रदान गर्छ । सफ्ट्वेयरको कुरा गर्नुपर्दा यसमा रियलमी ४.० युआइ र एन्ड्रोइड १३ प्रीइन्स्टल गरिएको छ ।

    अन्य
    यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्रि रहेको छ । जसले ६७ वाटको फास्ट सुपरभोक चार्जिङ सपोर्ट गर्छ । भन्नुको अर्थ रियलमी १० प्रो+ ५ जि ५० मिनेट भन्दा कम समयमै फुल चार्ज हुन्छ । कनेक्टिभिटी अप्सनको रुपमा यसमा टाइप सि युएसबि, डुअल ब्यान्ड वाइफाइ, फाइभ जि, ब्लुटुथ ५.१ र एनएफसि दिइएको छ ।

    मुल्य र उपलब्धता
    नेबुला ब्लु रंगमा उपलब्ध रियलमी १० प्रो+ ५जीको स्टोरेज क्षमता ८ जीबी बाइ १२८ जिबि रहेको छ भने यसको मुल्य रु.४५,९९९ रहेको जनाएको छ ।

     

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १३:५१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij