Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

भाले नै नबासी विदेशी मिडियालाई बोलाएर प्रचण्डले ओलीको यसरी खने खोईरो 

भाले नै नबासी विदेशी मिडियालाई बोलाएर प्रचण्डले ओलीको यसरी खने खोईरो 


  • 5.7K
    Shares

    भाले नै नबासी विदेशी मिडियालाई बोलाएर प्रचण्डले ओलीको यसरी खने खोईरो 

    काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

    मंगलबार बिहान विदेशी मिडियामा कार्यरत नेपालका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिने विश्वास आफूहरूमा रहेको बताएका हुन् । 

    प्रचण्डले सरकारले १७ र २७ वैशाखका लागि तोकेको निर्वाचन हुन नसक्ने पनि दाबी गरे । ‘मलाई के विश्वास छ भने अदालतले संसद पुनर्स्थापना गर्छ,’ उनले भने, ‘सरकारले संसद विघटन गरेर असंवैधानिक रुपमा घोषणा गरेको निर्वाचन हुँदैन । ’

    प्रचण्डले संसद विघटन सदर भएर प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन हुने भए त्यो अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुने बताए । ‘संसद विघटन भयो र ओलीले घोषणा गरेको चुनाव हुने भयो भने त्यो अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुनेछ,’ उनले भने ।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १३:४६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij