Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आर्थिक वर्ष २०७९-०८०: देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक (पूर्णपाठसहित)

आर्थिक वर्ष २०७९-०८०: देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक (पूर्णपाठसहित)


  • 2.9K
    Shares

    आर्थिक वर्ष २०७९-०८०: देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक (पूर्णपाठसहित)
    images

    नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९-०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो ।

    जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको बैङ्कले जनाएको छ । 

    यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ  शोधनान्तर स्थिति रु. ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने संघीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड रहेको छ ।

    राष्ट्र बैङ्कले विस्तृत मुद्रा प्रदाय १.९ प्रतिशतले बढेको जनाउँदै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय ७.४ प्रतिशतले बढेको उल्लेख गरेको छ । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.२ प्रतिशतले बढ्नुका साथै निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ ।

    प्रकाशित मिति :पौष २९ २०७९ शुक्रवार - १४:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij