Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आजदेखि नेपाली बजारमा वनप्लस टेन टी, यस्ता छन् मुख्य फिचर

आजदेखि नेपाली बजारमा वनप्लस टेन टी, यस्ता छन् मुख्य फिचर


  • 2.9K
    Shares

    • images
    आजदेखि नेपाली बजारमा वनप्लस टेन टी, यस्ता छन् मुख्य फिचर
    images

    नेपाली बजारमा वनप्लसले आज (शुक्रबार) 'वनप्लस टेन टी' (Oneplus 10T) सार्वजनिक गर्दैछ । विश्वबजारमा सन्तोषजनक व्यापार गरेको यो मोडेललाई कम्पनीले २०२२ को फ्ल्यागशिप फोनका रुपमा प्रचार गरेको थियो ।

    नेपालमा महँगा फोनमाथिको प्रतिबन्ध हटेसँगै 'वनप्लस टेन टी'  भित्रिन लाग्दा यसका महत्त्वपूर्ण फिचरमा धेरैको ध्यान गएको छ ।

    यो फोनको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै रहेको छ, जसको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने यो नयाँ फोनमा अनेकौँ अपग्रेडहरू पाउन सकिन्छ । जसमा सबैभन्दा रोचक विषय यसको चार्जिङ प्रविधि हो ।

    यो फोनमा ४८०० एमएएच क्षमताकाे ब्याट्री दिइएकाे छ, जसअन्तर्गत १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ । वनप्लस टेन टीमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट राखिएको छ । जुन ब्याकग्राउन्डमा ३५ ओटा एप्लिकेसन सञ्चालनका लागि पर्याप्त हुने कम्पनीले जनाएको छ ।

    वनप्लसका अनुसार यसमा स्मार्टफोन बजारमै सबैभन्दा ठूलो र आधुनिक कुलिङ प्रविधि राखिएको छ, जसले गर्दा फोनमा हरेक चिज सहज तरिकाले चलाउन सकिनेछ । फोनको अगाडि भागमा ६.७ इञ्चको ओलेड डिस्प्ले राखिएको छ । जसले ९० हर्ज देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा डाइनामिक किसिमले व्यवस्थापन गर्दछ ।

    फोनको पछाडि भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ । त्यसैगरी फोनको अगाडितर्फ डिस्प्लेको माथि बीचतिर १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

    नेपाली बजारमा १६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने यो स्मार्टफोनको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :पौष २९ २०७९ शुक्रवार - ११:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij