Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

माधव नेपालले भन्दिए यसरी हाकाहाकी, ओलीसंग जम्मा अब ‘बा’ भन्ने मात्र बाँकी 

माधव नेपालले भन्दिए यसरी हाकाहाकी, ओलीसंग जम्मा अब ‘बा’ भन्ने मात्र बाँकी 


  • 8.0K
    Shares

    माधव नेपालले भन्दिए यसरी हाकाहाकी, ओलीसंग जम्मा अब ‘बा’ भन्ने मात्र बाँकी 

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली पक्षसँग असल मानिस नरहेको बताएका छन् ।

    सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्को पहिलो बैठकलाई राजधानीमा सम्बोधन गर्दै उनले ओलीसँग ‘बा’ भन्न रुचाउने मान्छे मात्रै रहेको टिप्पणी गरेका छन् ।

    ‘केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै छन्,’ नेपालले भने, ‘त्यहाँ क्रान्तिकारी, सहयोद्धा छैनन् । हामीसँग असल मानिस छन् ।’ उनले ओलीसँग नाटक गर्न सिपालु मान्छे मात्रै रहेको आरोप समेत लगाए । नेपालले भने, ‘ केपी ओलीसँग जोडिएका मान्छे नौटंकी गर्न मात्रै सिपालु छन् । उनीहरूले राजनीतिक कुरा गर्नु गफ मात्रै हो ।’

    सूर्य चिन्ह आफूहरुले मात्रै पाउने दाबी गर्दै उनले भने, ‘ओली बा पार्टी खोल्दिए सबै भन्दा राम्रो । त्यो मन पराउने सबै उतै जान्छन्।’नेपालले अहिलेको लडाइँ केपी ओलीविरुद्ध नभई केपी ओली प्रवृत्तिविरुद्धको भएको बताए ।

    प्रकाशित मिति :माघ २६ २०७७ सोमवार - १४:५०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij