Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

प्रतिनिधिसभा विघटनको मुद्दाले धेरै समय खाइसक्यो भन्दै राणाले जंगे शैलीमा वकिललाई दिए यस्तो आदेश 

प्रतिनिधिसभा विघटनको मुद्दाले धेरै समय खाइसक्यो भन्दै राणाले जंगे शैलीमा वकिललाई दिए यस्तो आदेश 


  • 8.8K
    Shares

    प्रतिनिधिसभा विघटनको मुद्दाले धेरै समय खाइसक्यो भन्दै राणाले जंगे शैलीमा वकिललाई दिए यस्तो आदेश 
    images

    काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि चलिरहेको बहस माघ ३० गतेसम्ममा सकाउन आग्रह गरेका छन् ।

    आइतवार सरकारी वकिलको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले माघ ३० गतेसम्म बहस सकाउन आग्रह गरेका हुन् । सरकारी वकिलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विपक्षीहरूले राखेका निजी वकिलहरूको बहस शुरू भएको छ ।

    ओलीका तर्फबाट रमेश बडालले बहस गरेपछि प्रधानन्यायाधीश जबराले यही महिनामा बहस सक्नुपर्ने बताएका हुन् । ‘यो मुद्दाले धेरै समय खाइसक्यो, ३० गतेभित्र बहस सक्नुपर्छ’ प्रधानन्यायाधीश जबराले भने । 

    प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा माघ ४ गतेदेखि अन्तिम सुनुवाइ चलिरहेको छ ।  माघ १८ गतेसम्म रिट निवेदक पक्षका वकिलले बहस गरेका थिए । 

    सरकारी पक्षबाट नायव महान्यायाधिवक्ता डा। टेकबहादुर घिमिरेले बहस गरेका थिए । प्रधानमन्त्री ओलीका निजी वकिल र सभामुखका निजी वकिलहरूले बहस सकेपछि एमिकस क्युरीका ५ जनाले बहस गर्नेछन् ।

    प्रधानमन्त्रीका तर्फबाट बहस गरेका बडालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गरेर ताजा जनादेशमा जान पाउने जिकिर गरे । यसअघि ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन् । 

    मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेको लागि निर्वाचन घोषणा गरेकी थिइन् । 

    प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १५:५३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij