२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरणबारे सरकारी वकिललाई प्रश्न गरेका छन् ।
आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिल श्याम भट्टराईले प्रतिनिधि सभा विघटनका पक्षमा बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले प्रश्न गर्दै अहिले त्यस्तो वातारवण छ र ? भन्दै प्रश्न गरेका हुन् ।
महान्यायाधीवक्ताको कार्यालयका वकिल श्याम भट्टराईले अब जनतामा जानुपर्ने बताएपछि प्रधानन्यायाधीशले प्रश्न गरे, ‘अहिले त्यस्तो वातावरण छ र ?’
जवाफमा भट्टराईले फिल्ड मात्रै हेरेर नहुने भन्दै संविधान र राजनीतिक अधिकार पनि हेर्नुपर्ने तर्क गरेका थिए । आइतबार सरकारी वकिलहरुको बहस सकिँदैछ। त्यसपछि प्रधानमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij