Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेटको कति ?

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेटको कति ?


  • 2.6K
    Shares

    • images
    बढ्यो अण्डाको मूल्य, प्रतिक्रेटको कति ?
    images

    अण्डाको मूल्य बढ्न थालेको छ। बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य एक क्रेटको रु.३६० तय गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघको बैठकले बिक्री मूल्य तय गरेको हो।

    यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु.३०० मा बिक्री हुँदै आएको थियो। संघका अध्यक्ष विनोद पोख्रेलले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु. ३० हुँदा अण्डा प्रतिक्रेट रु. ३०० मा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो रु. ६५ पर्दा अण्डाको मूल्य उस्तै छ।’

    औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको पोख्रेलको भनाइ छ। एक वर्ष ६ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु.४०५ पुगेर एकोहोरो ओरालो लागेको हो। त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु. १६ रहेको थियो। 

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - १६:५७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij