२०८२ माघ ११ गते आइतवार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपीशर्मा ओली समूहले बिहीबार शक्ति प्रदर्शन गरेको छ। नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडक हुने जनसभा विभिन्न १६ ठाउँबाट जुलुस निकालिएको हो।

जनसभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्याली निकालिएको छ।

काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij