Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

इटालियन ब्रान्ड बेनेलीको बाइक-स्कुटर बजारमा लोकप्रिय बन्दै, यस्तो छ मूल्यसूची!

इटालियन ब्रान्ड बेनेलीको बाइक-स्कुटर बजारमा लोकप्रिय बन्दै, यस्तो छ मूल्यसूची!


  • 1.9K
    Shares

    • images
    इटालियन ब्रान्ड बेनेलीको बाइक-स्कुटर  बजारमा लोकप्रिय बन्दै, यस्तो छ मूल्यसूची!
    images

    प्रिमियम सेगमेन्टको बाइक किन्ने सोचमा हुनुहुन्छ भने इटालियन ब्रान्ड बेनेली तपाईंले विकल्पमा राख्न सक्नुहुन्छ। बेनेलीले यतिबेला नेपाली बजारमा प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइकहरू उपलब्ध गराउँदै छन्। 

    यी बाहेक कम्पनीले बेनेली पानारिया-१२५ स्कुटर पनि उपलब्ध गराउँदै छ। यो प्रिमियम सेगमेन्टको स्कुटर हो। जसको बजार मूल्य ३ लाख ३४ हजार नौ सय रूपैयाँ तोकेको छ। कम्पनीका अनुसार यो स्कुटर बजारमा लोकप्रिय बन्दैछ। 

    बेनेली बाइकहरू अत्याधुनिक सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन्। हरेक प्रकारका राइडरहरूको आवश्यकता पूरा गर्ने बेनेलीको बजारमा १५० सिसीदेखि ७५२ सिसीसम्मका मोडलहरू उपलब्ध छन्।

    नेपालको लागि बेनेलीको बाइक तथा स्कुटरको आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालि हो। 

    बेनेलीको बाइक अथवा स्कुटर किन्ने सोचमा हुनुहुन्छ भने यतिबेला कम्पनीले विभिन्न अफर पनि उपलब्ध गराउँदै छ। बेनेलीको सबैभन्दा सस्तो बाइक भनेको टिएनटी-१३५ हो जसको बजार मूल्य दुई लाख ७५ हजार तोकिएको छ। त्यस्तै सबैभन्दा महँगो बाइक ७५२ एस हो जसको बजार मूल्य भने २५ लाख १५ हजार रूपैयाँसम्म पर्छ। 

    यस्तो छ बेनेलीको विभिन्न मोडलको बाइक र स्कुटर मूल्यः 

    क्र.म.

    मोडल

    मूल्य

    टिएनटी-१३५

    २,७५,०००

    टिएनटी-१५

    २,५४,९००

    पानारिया-१२५ (स्कुटर)

    ३,३४,९००

    टिएनटी-१५० आई

    ३,७९,९००

    १८० एस

    ४,५४,९००

    टिआरके-२५१

    ८,२४,९००

    ३०२ एस (नियोन)

    १०,७४,९००

    ३०२ एस

    १०,४९,९००        

    ६०० आई- २०२०

    २३,५८,०००

    १०

    ७५२ एस

    २५,१५,०००

     

    प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार - १३:०२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij