Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रचण्डले आयुक्त बनाएका अख्तियारका जोशीले दिए राजीनामा, लगाए यस्तो दोष 

प्रचण्डले आयुक्त बनाएका अख्तियारका जोशीले दिए राजीनामा, लगाए यस्तो दोष 


  • 6.3K
    Shares

    प्रचण्डले आयुक्त बनाएका अख्तियारका जोशीले दिए राजीनामा, लगाए यस्तो दोष 

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर गणेशराज जोशीले राजीनामा दिएका छन्। आयुक्त जोशीले आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामापत्र बुझाएका हुन्।

    "उहाँले आज राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउनु भएको छ," राष्ट्रपति कार्यालयका सहसचिव जगन्नाथ पन्तले भने।

    संवैधानिक परिषद्को निर्णय अनुसार आज आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईले सपथ लिएका छन् । राईको नियुक्ति निश्चित भएलगतै आयुक्त जोशीले राजीनामा दिने तयारी गरेका थिए । 

    आफूभन्दा कनिष्ठलाई प्रमुख आयुक्त बनाएको अनसन्तुष्टि व्यक्त गर्दै आयुक्त जोशीले राजीनामा दिएका हुन्। २०७१ चैतमा अख्तियारको आयुक्तमा नियुक्त भएका जोशीले चैत १९ गते अवकाश पाउँदै थिए ।

    ६ वर्षे कार्यावधि सक्काउन दुई महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । उनी प्रमुख आयुक्त रिक्त हुँदा कार्यबहाक आयुक्त समेत थिए। नवनियुक्त प्रमुख आयुक्त राई अख्तियारमा सचिब भएर काम गरेका थिए । अख्तियारकी अर्की आयुक्त सावित्री गुरुङले भने राजीनामा दिएकी छैनन् । राजिनामा दिएका जोशी प्रचण्ड निकट हुन् ।

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १६:२४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij