Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

सर्वोच्च अदालतले प्रचण्ड संग माग्यो लिखित जवाफ, लाग्यो यस्तो अभियोग 

सर्वोच्च अदालतले प्रचण्ड संग माग्यो लिखित जवाफ, लाग्यो यस्तो अभियोग 


  • 6.7K
    Shares

    सर्वोच्च अदालतले प्रचण्ड संग माग्यो लिखित जवाफ, लाग्यो यस्तो अभियोग 

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ । 

    दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि "हेर्न नभ्याइने" भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।

    निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।

    प्रधानमन्त्री ओलीविरुद्ध भने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तमासे भनेको र कानुन व्यवसायीले तमासा देखाएको भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो ।

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १५:५६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij