Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

यी हुन् झाँक्रीलाई समातेर जेलमा कोच्न माग गर्दै गृहमन्त्री गुहार्ने, झाँक्री माथि डण्डा बर्साइदै 

यी हुन् झाँक्रीलाई समातेर जेलमा कोच्न माग गर्दै गृहमन्त्री गुहार्ने, झाँक्री माथि डण्डा बर्साइदै 


  • 6.2K
    Shares

    यी हुन् झाँक्रीलाई समातेर जेलमा कोच्न माग गर्दै गृहमन्त्री गुहार्ने, झाँक्री माथि डण्डा बर्साइदै 
    images

    काठमाडौँ । राष्ट्रपतिसहित एकल महिलाको मान प्रतिष्ठामा आघात पर्ने अभिव्यक्ति दिएको र चरित्रहत्या गरेको भन्दै प्रचण्ड माधव पक्षधर नेकपा नेतृ रामकुमारी झाँक्रीलाई मुलुकी अपराध संहिता बमोजिक कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

    ओली पक्षधर अखिल नेपाल महिला संघका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामवहादुर थापा बादललाई भेटी झाँक्रीलाई तत्काल पक्राउ गरेर कारबाही चलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

    अखिल नेपाल महिला संघका संयोजक सीता पौडेलको नेतृत्वमा गएको टोलीले देशभरका एकल महिलामाथि अपमान गर्ने गरी सेतो सारीको प्रसंग उठाएको र राष्ट्रपतिको व्यक्तिगत चरित्र हत्या गरेकोले तत्काल कारवाही गर्न माग गरेको सचिव सुजिता शाक्यले  बताइन् ।

    ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले झाँक्रीको अभिव्यक्ति राजनीतिक नभएको र चरित्रहत्या गर्ने तथा एकल महिलामाथि हिंसा गर्ने खालको रहेकाले कारवाहीका लागि छलफल भइरहेको बताएका छन् ।

    महिला नेताहरुसँग कुरा गर्दै गृहमन्त्रीले यसबारेमा यथार्थ बुझेर कारबाही गर्न प्रहरी महानिरीक्षकसँग पनि छलफल भएको जानकारी दिएको शाक्यले बताइन् ।

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १४:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij