२०८२ माघ ११ गते आइतवार
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरि चालेको असंवैधानिक कदमको विरोधमा डा। गोविन्द केसीले २० औं सत्याग्रहको घोषणा गर्ने भएका छन् ।
केसीले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गरिनुपर्ने माग राख्दै २० औं सत्याग्रहको घोषणा गरेका हुन् ।
आफूले राखेका मागहरु आगामी तीन हप्तासम्म पूरा नभएमा फागुन १२ गतेबाट २० औं सत्याग्रह सुरु हुने चेतावनी दिएका छन् ।मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै डा। गोविन्द केसीले २० औं सत्याग्रहको बारेमा जानकारी दिएका हुन् ।
अहिले देशमा संवैधानिक संकट आइपरेको र संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संख्था आफ्नो स्वास्थ्यअनुसारको काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमार्फत भविष्यका कैयौं पुस्ताको भविष्य अन्धकार हुने गरी संविधान कुल्चिन दिन नहुने भएकाले त्यसको रक्षा गर्न आह्वान गरिएको छ ।
उक्त विज्ञप्तमिा भनिएको छ, ‘यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह शुरु गर्ने निर्णय गरेका छौं । आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।’ स्मरण होस् प्रधानमन्त्री केपी ओलीको जन्मदिन फागुन ११ गते हो। उनको जन्मदिनको भोली पल्टै बाट केसीले अनसन बस्ने घोषणा गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij