Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

‘त्यसो भए संसद विघटन गर्न पाइँदैन भनेर कहाँ लेख्या छ ?’ भन्दै ओलीका वकिलले इजलासमै मच्चाए कोकोहोलो

‘त्यसो भए संसद विघटन गर्न पाइँदैन भनेर कहाँ लेख्या छ ?’ भन्दै ओलीका वकिलले इजलासमै मच्चाए कोकोहोलो


  • 6.6K
    Shares

    ‘त्यसो भए संसद विघटन गर्न पाइँदैन भनेर कहाँ लेख्या छ ?’ भन्दै ओलीका वकिलले इजलासमै मच्चाए कोकोहोलो

    काठमाडौ । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्रीले आफूले चाहेका बेला प्रतिनिधिसभा विघटन गर्न पाउने तर्क अघि सारेका छन् ।  

    मंगलबार सरकारी पक्षका तर्फबाट प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता पन्तले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु संसदीय व्यवस्थाको निष्ठा अनुरुप नै भएको तर्क प्रस्तुत गरेका हुन् ।  ‘प्रधानमन्त्रीलाई मन लाग्यो भने प्रतिनिधिसभा विघटन गर्न पाउँछ,’ उनले भने,‘कसरी, किन भन्ने कुरा भएन नि !’

    प्रधानमन्त्रीलाई संसदले फाल्न सक्छ भने प्रधानमन्त्रीले पनि मलाई फाल्ने भनेर संसद भंग गर्न सक्छ उनको तर्क थियो । उनले प्रधानमन्त्रीले संसद विघटन गर्न पाइँदैन भनेर कहाँ लेखेको छ भन्ने प्रश्न गरे ।

    ‘निवेदक साथीहरुले प्रधानमन्त्रीले विघठन गर्न पाइन्छ ? कहाँ लेख्या छ ? भनेर सोधे,’ उनले प्रश्न गर्दै भने, ‘त्यसो भए संसद विघटन गर्न पाइँदैन भनेर पनि कहाँ लेख्या छ ?’

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - १६:१८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij