२०८२ भाद्र १० गते मंगलवार
नेपालमा टाटा मोटर्सका सवारीसाधनको बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ र नबिल बैंकबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ।
दुई व्यावसायिक संस्थाबीच विद्युतीय गाडीका ग्राहकलाई ८० प्रतिशतसम्म ऋण दिने सम्झौता भएको हो।
टाटा मोटर्सबाट विद्युतीय गाडी किन्ने योजनामा रहेका ग्राहकले यो सम्झौताबाट फाइदा लिन सक्नेछन्। अहिले नेपालमा टाटाका नेक्सन ईभी र टिगोर ईभी बजारमा चर्चित छन्।
सम्झौताअनुसार कुनै पनि व्यक्ति वा संस्थाले नबिल बैंकका कुनै पनि शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षको लागि टाटाका विद्युतीय गाडी किन्न ऋण पाउनेछन्।
२४ घण्टाभित्र नबिल बैंकले त्यस्ता ग्राहकलाई ८० प्रतिशत ऋण दिनेछ। उक्त ऋण नेपाल राष्ट्र बैंकको निर्देशिका र कार्यविधिअनुसार प्रदान गरिने पनि बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij