Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ओलीले विप्लबका नेता भेट्न मन्त्रीलाई जेलमा पठाए संगै प्रचण्डलाई सिध्याउने बन्यो यस्तो योजना 

ओलीले विप्लबका नेता भेट्न मन्त्रीलाई जेलमा पठाए संगै प्रचण्डलाई सिध्याउने बन्यो यस्तो योजना 


  • 7.9K
    Shares

    ओलीले विप्लबका नेता भेट्न मन्त्रीलाई जेलमा पठाए संगै प्रचण्डलाई सिध्याउने बन्यो यस्तो योजना 

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् ।

    आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले पुष्टि गरे ।

    तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणी थापा र हेमन्तप्रकाश ओलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्णरूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको बताइएको छ ।

    प्रधानमन्त्रीले केही दिनअघि असन्तुष्ट समूहहरुलाई वार्तामार्फत मूलधारमा ल्याउने बताए लगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लब समूहसँग सम्पर्कमा जुटेका थिए ।

    यसबीचमै विप्लव समूहका अर्का नेता धमेन्द्र वास्तोला पक्राउ परेका छन् । उनीसँग पनि सरकारको तर्फबाट संवाद चलिरहेको स्रोतले जनाएको छ । विप्लव पनि आफूमाथिको प्रतिबन्ध हटोस् भनेर वार्तामा लचक बनेका छन् । ओली र विप्लबको सहकार्यमा प्रचण्डलाई साइजमा ल्याउने नीति अनुसार उक्त भेट भएको श्रोतको भनाई छ।

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - १२:४२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij