२०८२ भाद्र १० गते मंगलवार
विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ । अमेरिकामा ब्याजदर बढ्नु र चीनमा कोरोनाको कहरका कारण तेलको माग घट्ने सम्भावना भएकोले मूल्यमा गिरावट आएको हो ।
शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । अमेरिकामा नीतिगत ब्याजदर पहिले अनुमान गरिएको भन्दा बढी हुन सक्ने त्रास लगानीकर्तामा देखिएको छ ।
यसका साथै चीनमा कोरोनाको प्रकोपका कारण विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको माग घट्ने सम्भावना पनि बढेको छ ।
शुक्रबार प्रारम्भिक कारोबारमा ब्रान्ड कच्चा फ्युचर ०.२ प्रतिशत अर्थात २२ सेन्टले घटेर ९४.५५ प्रतिब्यारेलमा किनबेच भएको थियो । अघिल्लो सत्रमा यो १.५ प्रतिशतले घटेको थियो ।
कच्चा तेल डब्ल्यूटीआई फ्युचर्स पनि ०.३ प्रतिशत अर्थात २७ सेन्टले घटेर ८७.९० डलर प्रतिब्यारेलमा कारोबार भएको थियो । यसले अघिल्लो सत्रको तुलनामा २ प्रतिशतले घाटा बढाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij