२०८२ माघ ११ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक किड्नी फेर्दा आफू नबाँच्ने आशमा साथीहरुले प्रार्थना गरेको आरोप लगाएका छन्। कसले यस्तो दूराशयपूर्ण प्रार्थना गर्यो भनेर उनले नाम नलिए पनि नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतलाई संकेत गरेका छन्।
"मेरा साथीहरुलाई अलिअलि आश थियो - दोस्रो पटक किड्नी फेरेपछि त बाँच्दै बाँच्दैन। अझ नेपालमा किड्नी फेर्यो भने त बाँच्दै बाँच्दैन। कहाँ सुन्नुभयो उहाँहरुले। आश लिएर प्रार्थना गर्नुभयो। अल्लाह, भगवान सबै सम्झिनुभयो", उनले भने, "नेपालमै किड्नी फेर्ने मुर्ख हो। जान्छ, राम्रै हुन्छ। साथीहरुले त्यस्तो सोच्नुभयो।"
ओलीले आफूले १० दिनपछि अस्पतालबाट फर्किएर काममा सहभागी भएपछि ती साथीहरु छक्क परेको बताए। "अब यसो विचार गर्नुभयो। यो मान्छे मर्छ भनेर पर्खिएर पार लाग्ने रहेनछ भनेर बाटो लाग्नुभयो। ए नजाऊ, नजाऊ भन्दैछु। तर जानुभयो", नेपाल विद्युत प्राधिकरणको ढल्केबर प्रसारण केन्द्रको उद्घाटन कार्यक्रममा ओलीले भने।
ओलीले वैशाखमा चुनाव हुने भएकाले तयारी गर्न कार्यकर्तालाई आह्वान गरे। "यो प्रदेश (प्रदेश २) मा वैशाख १७ मै चुनाव हुन्छ", उनले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij