२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको हो ।
योसँगै काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमित हुनेको संख्या एक लाख नाघेको छ। हालसम्म काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन्।
यसैगरी हालसम्म काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij