२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । देशभर ४ सय ६६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५९ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८८ आइसियु र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij