Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

महापुरूष आज चितवन र भोलि इटहरीमा प्रिमियर हुँदै

महापुरूष आज चितवन र भोलि इटहरीमा प्रिमियर हुँदै


  • 2.2K
    Shares

    महापुरूष आज चितवन र भोलि इटहरीमा प्रिमियर हुँदै
    images

    आइतबार काठमाडौँमा प्रिमियर गरेर वाहवाही बटुलिरहेको फिल्म ‘महापुरूष’ ले मोफसलमा समेत प्रिमियर गर्ने भएको छ। ‘मोफसल प्रिमियर’ अन्तर्गत आज मंगलबार चितवन र भोलि बुधबार इटहरीमा प्रिमियर हुनेछ।

    काठमाडौंको प्रिमियरमा सेलिब्रेटीहरूले खुलेर प्रशंसा गरेको फिल्मले मोफसलमा दुई स्थानमा संवत् पहिलोपटक प्रिमियर गर्न लागेको हो। कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी, तर फिल्म प्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए।

    ‘हामीले मोफसलबाट व्यावसायिक सफलता त लिइरहेका छौँ। तर त्यहाँका सञ्चारकर्मी र फिल्मकर्मीलाई सफलतामा समेट्न सकेका छैनौँ। हामीले मोफसलमा बजारलाई झनै बलियो बनाउन दुई स्थानमा प्रिमियर गर्न लागेका हौँ’, बानियाँले भने। उनले चितवनको सिनेप्लेक्समा प्रिमियर गर्न लागिएको बताए। ‘हामीले दुई वटै स्क्रिन लिएर फिल्मकर्मी र मिडियाकर्मीलाई महापुरूष देखाउँदै छौँ। हाम्रो खुसीमा उहाँहरूलाई समेत समेट्न लागेका हौँ’, उनले भने।

    चितवन प्रिमियरमा सहभागी हुन कार्यकारी निर्माता बानियाँसँगै निर्देशक तथा लेखक प्रदीप भट्टराई चितवन पुग्दैछन्। आफ्नो फिल्मको मोफसलमा प्रिमियर गर्ने रहर पूरा हुँदै गरेको निर्देशक भट्टराईले बताए। ‘मेरो फिल्म मोफसलमा पनि प्रिमियर गरौँ भन्ने चाहना थियो। त्यो यसपटक पूरा हुँदै छ। फिल्म अगाडि नै सकिएकोले यो सम्भव भएको हो’, निर्देशक भट्टराईले भने। फिल्मकै काममा अल्झिने हुँदा मोफसलमा यस अगाडि यस्ता इभेन्ट गर्न नसकिएको उनले बताए।

    बुधबार इटहरीमा प्रिमियर हुँदै छ। पूर्वाञ्चलका दर्शकलाई लक्षित गर्दै इटहरीमा रहेको इलाइट सिनेमामा फिल्मको प्रिमियर गर्न लागिएको हो। ‘हाम्रो यो प्रयास बजार विस्तारका लागि प्रभावकारी हुनेमा विश्वस्त छौँ’, कार्यकारी निर्माता बानियाँले भने। इटहरीमा हुने प्रिमियरमा कार्यकारी निर्माता बानियाँ र निर्देशक भट्टराईसँगै अरुण क्षेत्री र अञ्जना बराइलीसमेत सहभागी हुनेछन्। ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मको शो समयसमेत मल्टिप्लेक्सहरूमा प्रकाशित हुन थालेको छ। फिल्मको अनलाइन टिकेट बुकिङ गर्न सकिनेछ।

    फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ।

    एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन्। उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते। शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए। यिनै भट्टराई अब चौथो फिल्म लिएर आउन लागेका हुन्।

    प्रकाशित मिति :कार्तिक ८ २०७९ मंगलवार - १०:५८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij