२०८२ माघ १० गते शनिवार
काठमाडौं । संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ वटा भातृ संस्थाहरुले आज देशैभर प्रदर्शन गर्दै छन् ।
ओलि विरुद्ध देशका ७७ वटै जिल्लामा एकैपटक प्रतिनिधिसभा विघटन विरुद्ध भातृ संस्थाहरुले सशक्त आन्दोलन गर्न लागेका हुन् ।
काग्रेसका भातृ संस्थाहरु नेपाल महिला संघ,तरुण दल, नेविसंघ, नेपाल तामाङ संघ,नेपाल किसान संघ, नेपाल दलित संघ,नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ,नेपाल लोकतान्त्रिक अपाङ्ग संघ,नेपाल मुस्लिम संघ,नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले आज देशैभर प्रदर्शनको कार्यक्रम तय गरेका छन् ।
मध्याह्न १२ बजे त्रिचन्द्र क्याम्पसबाट जुलुस निकालेर शान्तिवाटीकामा विरोधसभामा परिणत हुने कांग्रेस काठमाडौंले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij