Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

राजारजौटाको जुठोपूरो खाएर ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रचण्डले गरे ठोकुवा 

राजारजौटाको जुठोपूरो खाएर ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रचण्डले गरे ठोकुवा 


  • 8.6K
    Shares

    राजारजौटाको जुठोपूरो खाएर ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रचण्डले गरे ठोकुवा 
    images

    काठमाडौं । प्रधानमन्त्री ओलीले देशभित्रका राजारजौटासँगको साँठगाँठमा प्रतिनिधिसभा विघटन गरेको आरोप नेकपाको प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन् ।

    आइतबार आफूनिकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजारजौटा र निरंकुशतावादीसँग साँठगाँठ गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका हुन् ।

    उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीको इशारामा ठूलो डिजाइन अन्तर्गत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धिमाथि प्रहार गरिएको पनि बताए । 

    अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको बताए ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १७:०२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij