२०८२ भाद्र १ गते आइतवार
प्रदेश १ मा आइतबार बिहानदेखि अबरुद्ध नेपाल टेलिकमको सेवा ६ घण्टापछि सुचारु भएको छ ।
विराटनगरस्थित टेलिकमको प्रादेशिक निर्देशनालय प्रदेश १ का प्रबन्धक राजेन्द्र महर्जनका अनुसार बिहान करिब साढे ३ बजेदेखि अवरुद्ध सेवा मर्मतपछि बिहान ९ बजे सुचारु भएको हो ।
प्रबन्धक महर्जनका अनुसार महोत्तरीको बर्दिबासमा मुसाले अप्टिकल फाइबरको तारमा क्षति पुर्याएपछि सेवा अवरुद्ध भएको थियो ।
प्रदेशको १४ जिल्लामा टेलिकमको मोबाइल, इन्टरनेट तथा ल्याण्डलाइन सेवा प्रभावित भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij