२०८२ कार्तिक १२ गते बुधवार
 
                                                    गायिका वर्तिका एम राई र गायक युगल गुरुङले इन्गेजमेन्ट गरेका छन् । यी दुई केही वर्षयता प्रेममा थिए ।
वर्तिका र युगल पछिल्लो पुस्ताका चर्चित सांगीतिक नाम हुन् । उनीहरुले सो-फार न्युयोर्क सिटी शोमा एकसाथ सांगीतिक प्रस्तुति पनि दिएका थिए ।
वर्तिकाका विम्बाकाश र तरल गीत युवापुस्तामाझ चर्चित छन् । सरल शब्द, सशक्त कम्पोजिसन र काव्य शैलीको कारण उनका गीत रुचाइन्छन् । युगल चाहिं लण्डनमा बसोबास गर्दै आएका गायक हुन् । सन् २०१२ देखि उनी ‘हामी’ ब्याण्डका ड्रमर समेत हुन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij