Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ताकुकोट सेवा समाजको पाँचौँ साधारणसभाबाट नयाँ नेतृत्व चयन

ताकुकोट सेवा समाजको पाँचौँ साधारणसभाबाट नयाँ नेतृत्व चयन


  • 11.6K
    Shares

    ताकुकोट सेवा समाजको पाँचौँ साधारणसभाबाट नयाँ नेतृत्व चयन
    images

     काठमाडौं । ताकुकोट सेवा समाजले आफ्नो पाँचौँ साधारण सभाबाट नयाँ नेतृत्वको चयन गरेको छ । सधारण सभाले चुडा प्रसाद बस्ताकोटी अध्यक्ष रहने गरी नयाँ नेतृत्व चुनेको हो ।

    nk.jpg
     राजधानीको च्छो रोल्पा ब्यांकेटमा सम्पन्न साधारण सभाले उपाध्यक्ष्मा कृष्ण प्रसाद पनेरु, महासचिवमा अनुप श्रेष्ठ, सचिवमा राजन बाबु श्रेष्ठ, कोषाध्यक्षमा सपना भुजेल तथा सदस्यहरुमा धिरज बहादुर उपरकोटी, जीवन श्रेष्ठ, होम नारायण श्रेष्ठ, काजीराम श्रेष्ठ,  कल्पना पनेरु, भिम प्रसाद देवकोटा, डिल बहादुर थापा र प्रेम गुरुङ लाई चयन गरेको हो । 
    २०७२ सालमा स्थापित गोरखा ताकुकोट सेवा समाजले दैवी तथा प्राकृतिक विपत्तीमा परेका हरुलाई सहयोग गर्ने मात्र होइन,  सामाजिक रुपमान्तरमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    viber_image_2021-01-31_09-22-50.jpg
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा संस्थाका पूर्व अध्यक्ष रेशमलाल श्रेष्ठको अध्यक्षतामा समाजको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त साधारण सभामा प्रमुख अतिथि नारायण काजी श्रेष्ठले गोरखा ताकुकोट समाजले सामाजिक सेवाको क्षेत्रमा पु¥याएको योगदानको बारेमा आफू राम्रैसँग जानकार रहेको भन्दै आगामी दिनमा समाज अझ सशक्त ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे । 

    taku.jpg
     सोही अवसरमा संस्थाको तर्फबाट प्रकाशित स्मारिका विमोचन गरिएको थियो । संस्थामा हाल २३२ आजीवन सदस्य रहेका छन् ।

    taku.jpg

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - ०९:३१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij