२०८२ माघ १० गते शनिवार
चितवन । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् ।
‘आम जनता एकता चाहन्छन्, आफ्ना गल्ती कमजोरी स्वीकारेर पार्टीमा फर्कनुस्।’ उनले भने, जनता समृद्धि र विकास चाहन्छन्, त्यो चिज नेकपाको नेतृत्वले मात्रै दिन सक्छ।’ उनले भने । प्रचण्डप्रति लक्षित गर्दै उनले भने, ‘हिम्मत भए चुनाव लडेर जनताको विश्वास जित्नुस् र प्रधानमन्त्री हुनुस्। नेकपाको झन्डामुनि चुनाव लड्दा जित्नका लागि मतपत्र च्यात्न आवश्यक छैन, जनताले चुनाव जिताउँछन्।’
चितवनमा आयोजना भएको जनसभाले गुटफुटको विरुद्धमा जवाफ दिएको उल्लेख गर्दै गृहमन्त्री थापाले जनसभाका रूपमा शुद्धीकरण अभियान सुरु भएको समेत बताए । “हामी फुटको पक्षमा छैनौं, एकताको पक्षमा छौं भन्ने जवाफ दिएको छ,” उनले भने, “यो जनसभा आन्दोलन हो, पार्टीभित्र देखा परेको विकृतिका विरुद्ध शुद्धीकरण अभियान पनि हो।”
गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको सुन्दा आफू आश्चर्यचकित भएको गृहमन्त्री थापाको भनाइ छ। पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij