Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

मेयर रेणु दाहाल ओलीको कार्यक्रममा नगएपछि जनतामाथिको बेवास्ता भएको भन्दै यसरी हाने कटाक्ष

मेयर रेणु दाहाल ओलीको कार्यक्रममा नगएपछि जनतामाथिको बेवास्ता भएको भन्दै यसरी हाने कटाक्ष


  • 11.9K
    Shares

    मेयर रेणु दाहाल ओलीको कार्यक्रममा नगएपछि जनतामाथिको बेवास्ता भएको भन्दै यसरी हाने कटाक्ष
    images

    चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा विकास निर्माणका ठूला ऐतिहासिक कामको शिलान्यासमा स्थानीय सांसद तथा भरतपुर महानगरपालिकाका मेयरको अनुपस्थितिप्रति आपत्ति जनाएका छन्।

    ओलीले जिल्लाभरबाट नागरिकहरूको सहभागिता रहेको कार्यक्रममा चितवनका तीन जना सांसद र भरतपुरकी मेयर रेणु दाहालको अनुपस्थिति रहनु जनतामाथिको बेवास्ता भएको बताए । उनले भने, ‘तपाईंहरूले तीनजना सांसद छान्नुभएको थियो। आज उहाँहरू खोई ? तिनिहरूलाई तपाइँहरू चाहिएन, अब तपाइँहरूलाई तिनीहरू चाहिन्छ ?’

    उनले भरतपुर महानगरपालिकाकी मेयर दाहालमाथि कटाक्ष गर्दै उनी पिकनिक खान गएको तर्क गरे ।

    ‘यस महानगरपालिकामा अलिअलि मतपत्र च्यातेर जिते पनि यहाँका जनताले भोट त दिएकै थियो नि ! खोइ तपाइँहरुको मेयर यहाँ त छैन ?’, ओलीले भने, ‘तपाइँहरु यहाँ हुनुहुन्छ तर मेयर यहाँ छैनन्। सायद मेयर पिकनिक खान जानु भयो होला कतै ?’

    उनले संघीय सरकारले दिएको बजेटमा बन्दै गरेका सिटी हल र सडक शिलान्यासको प्रसंग पनि जोडे। ‘संघीय सरकारले एक अर्ब २० करोड हामीले दिने भवन हामीले बनाउने, अनि कुन केटाकेटीले शिलान्यास गर्ने त ?’, उनले भने।

    जनसभाअघि ओलीले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गरेका थिए। उनले पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक-गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गरेका थिए।

    उक्त शिलान्यास कार्यक्रमप्रति भरतपुर महानगरपालिका र नेकपाको प्रचण्ड-नेपाल समूहले आपत्ति जनाउँदै सहभागिता जनाएको थिएन ।  भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले यी आयोजना महानगरपालिकाको पहलमै बजेट ल्याएर अघि बढाएको दाबी गरेकी थिइन ।

    सम्बोधनकै क्रममा ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराए । उनले अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा गर्ने बताएका छन्। अध्यक्ष ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा त्यहीँबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दूर्भाग्यपूर्ण रहेको समेत बताए ।

    आफूहरू देश बनाउने अभियानमा जुटेको तर पार्टीबाट विभाजित भएर जानेहरू आफ्नै दुनो सोझ्याउन लागिरहेको उनले आरोप लगाए।

    प्रकाशित मिति :माघ १७ २०७७ शनिवार - १८:०८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij