२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौँ । नेकपाको प्रचण्ड नेपाल समूहले संसद विघटनको विरोध गर्दै आज धनगढीमा प्रदर्शन गरेको छ ।
धनगढीमा आयोजित सभालाई सम्बोधन गर्न दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका शीर्ष नेता धनगढी पुगेका छन् ।

धनगढीको भेला वृहत रहेको नेता विष्णु रिजालले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रमको तस्वीर राख्दै भनेका छन्, ‘सलाम धनगढी ! सलाम सुदूरपश्चिम ! यी जनता कसैका उखान-टुक्का सुन्न वा मन्त्री बकस पाएवापत कुत बुझाउन आएका होइनन् । यी त संविधानको रक्षा र प्रतिगमनका विरूद्धमा उभिएका स्वाभिमानी जनता हुन् !’


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij