Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

विद्यालयमा गुणस्तरहीन दिवा खाजा अभिभावकको असन्तुष्टि

विद्यालयमा गुणस्तरहीन दिवा खाजा अभिभावकको असन्तुष्टि


  • 1.6K
    Shares

    विद्यालयमा गुणस्तरहीन दिवा खाजा अभिभावकको असन्तुष्टि

    विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषकतत्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिए पनि उनीहरुले नपाकेको खानेकुरा त्यो पनि चाहिने जति नदिइने गरिएका कारण बालबालिका टिफिनको बेला घर नै आउने गरेको सम्बद्ध अभिभावले बताएका छन् ।

    पर्सा गर्दाैलकी एक अभिभावक सोनमतीदेवी राम गुनासो गर्छन्, ‘घरको आर्थिक अवस्था कमजोर भएका व्यक्तिका बालबालिकालाई विद्यालय पठाउनै मुस्किल हुने गरेकाले बालबालिका विद्यालय पढ्न आउन भनेर नै सरकारले दिवा खाजाको त व्यवस्था ग¥यो तर हाम्रो बालबालिकाका लागि विद्यालयले कस्तो खालको खाजा खुवाउँदै छ भन्ने निगरानी पनि सरकारले राख्न जरुरी थियो । कहिले अर्धकाँचो त कहिले खाजा नै नभेटिने, कहिले आधा पेट खाजा मात्रै दिने गरिएकाले बालबालिका खाजा खोज्दै घर आउनुपर्छ भने के फाइदा नामको लागि मात्रै खाजाको व्यवस्था गरेकोजस्तो देखाएर ? फाइदा मात्रै विद्यालयलाई होला हाम्रो बालबालिकालाई त छैन ।’

    कतिपय विद्यालयमा आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा कार्यक्रम सञ्चालन भएको छैन भने कतिपय विद्यालयमा दिवा खाजाको नाममा अर्धकाँचो खाने कुरा दिइरहेका कारण बालबालिका बिरामीसमेत परेको सम्बद्ध अभिभावकको गुनासो छ ।

    पर्सा हासवाकी फूलमती देवी भने, ‘काँचै पकाएर दिइने दिवा खाजाका कारण बच्चा बिरामी पनि पर्छन् । कहिले त पेट नभरेर घर पनि आइपुग्छन् । बालबालिकालाई विद्यालयमा टिकाइराख्न र स्वस्थ राख्न यो व्यवस्था गरिएको भनिन्छ तर यहाँ खाजामा पनि भेदभाव गरिन्छ । विद्यार्थीका लागि एकथरीको र शिक्षक शिक्षिकाका लागि अर्को थरीको खाजा पकाइन्छ । त्यसैले सरकारका प्रतिनिधि आफैँ विद्यालयमा आएर खाजाको गुणस्तर निरीक्षण गर्न जरुरी छ ।’

    दिवा खाजा कार्यक्रमको बजेट सङ्घीय सरकारबाट स्थानीय पालिकामा समयमै पठाईएपनि विद्यालयमा भने आर्थिक वर्षको अन्तमा मात्रै आपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको बताउँदै पर्साका एक प्राध्यानाध्यापक शिवनाथ प्रसाद दिवा खाजा कार्यक्रमका लागि आएको बजेट वर्षको अन्तिम अर्थात् बजेट फ्रिज हुन केही दिन मात्रै बाँकी रहँदा निकासा हुने गरेको तथा सुरुमा दिइएको विद्यार्थी सङ्ख्याको आधारमा वर्षको अन्त्यतिर बजेट आउँदा विद्यार्थीको सङ्ख्या वृद्धि हुने गरेकाले समस्या सिर्जना हुने गरेको बताउछन् ।

    प्रकाशित मिति :आश्विन ७ २०७९ शुक्रवार - १४:१६:४५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij