Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

प्रधानमन्त्री ओलीले रातिराति गुप्तचरसँग किन छलफल गर्ने ? : बिडारी

प्रधानमन्त्री ओलीले रातिराति गुप्तचरसँग किन छलफल गर्ने ? : बिडारी


  • 6.0K
    Shares

    प्रधानमन्त्री ओलीले रातिराति गुप्तचरसँग किन छलफल गर्ने ? : बिडारी
    images

    प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ  अधिवक्ता रामनारायण बिडारीले संविधानका धारा देखाउनका लागि नराखिएको बताएका छन्। ‘आफ्नो देशको सर्वोच्च संविधान नमान्ने अनि अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने?’, उनले भने, ‘संविधानका सबै धारा समान छन्, कुनै पनि धारा देखाउनका लागि राखिएको होइन, सबै धाराका विशेषशता आ-आफ्नै छन्।’

    राष्ट्रिय सभा सदस्यसमेत रहेका बिडारीले नेपालको संविधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका व्याख्या गर्नुपर्ने बताए। ‘हाम्रो संविधानको व्याख्या गर्नु पर्‍यो, अर्काको देशको संविधानको ब्याख्या गरेर हुँदैन’, उनले भने, ‘भारतको संविधान हेरेर नेपालको संसद विघटन गर्ने। हाम्रो संविधान अरुको भन्दा फरक छ।शान्ति प्रक्रिया र गणतन्त्रको स्थापना हामीले कसरी गर्यों, अरुको भन्दा फरक छौं, हामी। संसदमा सपथ खाएको मान्छेले संविधान नमान्ने?’

    उनले संविधान निर्माणका क्रममा सुवास नेम्वाङले पटक–पटक प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिन नहुने बताएको स्मरण समेत गराए। उनले ओलीलाई अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पार्टीले बनाएको र त्यो संविधान अनुसार गरिएको बताउँदै अहिले संविधान मान्दिनँ भन्न नमिल्ने बताए।

    उनले प्रधानमन्त्री ओलीलाई संसददेखि डराउने रोग लागेको बताए। उनले भने, ‘संसद् देख्नै नचाहने, देख्यो कि तर्सिहाल्ने प्रधानमन्त्री ओलीलाई पार्लियामेन्ट्री फोबिया भएछ।’ उनले पार्टीमा छलफल गर्न नचाहने प्रधानमन्त्री ओलीले रातिराति भारतीय गुप्तचरहरुसँग भने छलफल गरेको बताए।

    ‘दलमा छलफल हुँदा किचकिच भयो भन्ने, रातिराति गुप्तचरसँग छलफल गर्ने? सरकार फेर्ने कसले? अदालतले हो कि संसदले? उनले प्रश्न गरे।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - २१:१९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij