२०८२ माघ १० गते शनिवार
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको बताएका छन्।
दाहाल–नेपाल पक्षले शुक्रबार विराटनगरमा संसद विघटनविरुद्ध आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पार्टी फुटाउनका लागि केन्द्रीय कमिटीमा कम्तिमा ४०% मत चाहिने भएपनि ओलीसँग त्यो संख्या नै नभएको बताएका हुन् । ४०% नभएका ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने नेता खनालको भनाइ छ।
बालुवाटारको भेला गुटको बैठक मात्र भएको उनले बताए। ओली समूह गाउँगाउँ पुगेर नेकपा एमाले ब्यूँताउन खोजेको भन्दै नेता खनालले एमाले अब इतिहास भइसकेको बताए।
उनले भने, ‘अब माओवादी पनि इतिहास भइसक्यो। प्रचण्ड अब माओवादीका नेता होइनन्। आजको यथार्थ नेकपा हो।’
खनालले केपी ओली एक नम्बरको ठक भएको समेत आरोप लगाए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij