२०८२ भाद्र २ गते सोमवार
नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालले भोलिदेखि 'नाडा इभी एक्स्पो २०२२' आयोजना गर्दैछ। नाडाले असोज ६ गतेदेखि ९ गतेसम्म उक्त एक्स्पो आयोजना गर्ने भएको हो।
नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको उपस्थितिमा प्रदर्शनी गर्ने भएको हो।
नाडा इभी एक्स्पो २०२२ मा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरू हुनेछन्। एक्स्पोमा ६ वटा ब्रान्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्रान्डका दुई पांग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याटरी, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवम् अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरूको सहभागिता हुनेछ।
एक्स्पोमा जान इच्छुक आगन्तुक वा ग्राहकहरूले आजसम्म खल्तीबाट अग्रिम अनलाइन टिकट खरिद गर्न सक्छन्। अग्रिम टिकट बुकिङ गर्दा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपद्वारा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ। टिकटको मूल्य विद्यार्थीहरूको लागि १५० र सामान्यमा दुई सय रूपैयाँ तोकिएको छ।
यी हुन् भोलिदेखि प्रदर्शनीमा सहभागी विभिन्न विद्युतीय सवारी साधन ब्रान्ड-
चार पांग्रेः
१. टाटा मोटर्स
२. हुन्डाई
३. टेस्ला
४. नेटा
५. बिवाइडी
६. चांगन
तीन पांग्रेः
१. ट्रियो
दुई पांग्रेः
१. लेभ्निङ
२. नियो
३. याडिया
४. जिओ
५. ओला
६. सुपर सोको
७. हिरो इलेक्ट्रिक
८. दुहान/मिकु
९. जोय
१०. सेगवे
११. आइमा
१२. टेल-जी
१३. टिबिए
१४. प्योर
१५. लेक्ट्रो
१६. रेमोटर्स
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij