२०८२ कार्तिक ११ गते मंगलवार
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई विश्वास गरेको बताउनु भएको छ ।
शहीद दिवसको अवसरमा शुक्रबार नवलपुरमा गरिएको कार्यक्रममा उहाँले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको जिकिर गर्दै अदालतप्रति कांग्रेसले भरोसा राखेको उल्लेख गर्नुभयो ।
महामन्त्री कोइरालाले ओली सरकार काम चलाउ भएकाले कुनै पनि महत्वपूर्ण निर्णय गर्न नमिल्ने बताउनुभयो ।
शहीदले मुलुकप्रति गरेको योगदानलाई विर्सन नहुने भन्दै उहाँले देशलाई संकटबाट जोगाउन उनीहरुले देखाएको बाटोमा हिड्नु पर्नेमा जोड दिनुभयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij