Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कुखुरा रोग नियन्त्रण गर्न खोप

कुखुरा रोग नियन्त्रण गर्न खोप


  • 19.0K
    Shares

    कुखुरा रोग नियन्त्रण गर्न खोप
    images

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ ।

    गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ ।केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो । 

    गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउन र शव परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएपछि सो कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताउनुभयो ।

    सूचना अधिकारी रोकायाका अनुसार “कुखुरामा फैलिएको रानीखेत रोगको उपचारका लागि खोपसमेत लिएर अबको केही दिनमा टोली गाउँतर्फ जाने तयारी गरिरहेको छ, ।” यो रोगका लागि सुर्खेतबाट बिहीबार पाँच हजार खोप जिल्लामा पुगिसकेको जनाइएको छ । थाली गाउँमा दैनिक १५÷२० वटा कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । रासस

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १४:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij